You will be writing a technical text in the form of a flyer, manual, or brochure. ( Look at the picture for the Directions and it also shows Example Topics) Will Mark Brainliest to whomever can help me with this. Need 2 responses to mark brainliest. You'll probably have to expand the picture to read it. Only answer if you can help thank you. You will be Mark Brainliest to whomever can and will actually help. Please be 100% positive with your answer. ​

You will be writing a technical text in the form of a flyer manual or brochure Look at the picture for the Directions and it also shows Example Topics Will Mark class=

Respuesta :

UVSME

Answer:

राष्ट्रिय एकता दिवसको अवसरमा कोटी कोटी शुभकामना

कविता : म पृथ्वी

मेरी आमा .....!

कस्ले चिर्यो मैले जोडेको धर्ती?

कस्ले मेटायो एकताको बिन्दु ?

कहाँबाट आयो यो विखण्डन को हुरी ?

किन लुटियो माटोको अस्मिता ?

.......

मलाई सबै कुरा जान्ने मन छ !

मेरी धर्तीको चिरा चिरा मुटु

निको पार्ने मलम लगाउने मन छ

मेरो धर्ती टेक्ने मन छ !

कस्तो भयो होला .......

मेरो चार जात छत्तीस वर्णको फुलबारी

वर्षौँपछि तृप्त हुनेगरी हेर्ने मन छ !

......................................

कस्ले ढलायो मेरो सान र मान ?

कस्ले लोटायो मेरो स्वाभिमान ?

कहाँबाट आयो पूर्वको ज्योति छेक्ने कुहिरो ?

किन पल्टाइयो शक्तिको धरोहर ?

मलाई सबै कुरा जान्ने मन छ !

आमाको आँखाबाट बगेका सपनाका कोशी र कर्णाली

मोति बनाएर सजाउन.....

तिम्रो कोखमा पुनः जन्मिने मन छ !

तिम्रा बिलाएका आशाका इन्द्रधनुष सजाउन

उही पृथ्वी बनेर आउने मन छ !

नगर्ची .....!

तिमीले सिलाएको ममत्वको भोटो लगाएर

मनकामनाको मन्दिरमा शक्ति माग्ने मन छ !

मलाई चिमोटेर सुँघ्ने कमिलाहरू

मलाई ढलाएर घोडा चढ्ने उपियाँहरू

मेरो टाउको फुटाएर गिदी चुस्ने जुकाहरू

मेरो फुलबारीमा आगो लगाउने पापीहरु

सतर्क .........!

तिम्रो छायाँ समेत बटुलेर

ठिँगुरा कस्ने मन छ !

मेरो शान्त देश ......

मेरा सोझा सन्तानको आडमा बसेर

आमाको मुहारमा खुसी रोप्ने मन छ !

वर्षौँ भएछ टाढिएको .....

त्यसैले त स्याल र ब्वाँसाहरू राज गरिरहेछन्‌।

तिनलाई जंगल धपाएर

सन्तानको कटेरो जोगाउन .....

मलाई मेरो माटो टेक्ने मन छ

आमा तिम्रो मुहारमा खुसी रोप्ने मन छ !!!

धन्यवाद